अमेरिकामा बन्दु”कधारीको हमला: कम्तीमा १८ विद्यार्थी र एक शिक्षकको मृत्यु


बीबीसी । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दु”कधारीले आक्रमण गर्दा एक शिक्षक र कम्तीमा १८ जना विद्यार्थीको मृत्यू भएको छ ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणका”रीले पिस्तो”ल प्रयोग गरेको र राइफ”लको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् । अठार वर्षका आक्रम”णकारीको पनि मृत्यु भएको बताइएको छ ।

कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ । रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दु”कधारीले आफ्नी हजुरआमाको ह”त्या गरेका विवरण सार्वजनिक भएको पनि याबटले जानकारी दिए ।

उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ११, बुधबार ०८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ