Sad News : नक्कली दारु खाएका १३ जनाको मृत्यू


भारतको पूर्वी राज्य विहारमा नक्कली दारु सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त घटना बुधबार दक्षिण विहारको औरंगावाद र गया जिल्लामा भएको हो । विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले दारुको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’को रूपमा चर्चा गरिने गरिएको छ ।

तर छिमेकी राज्यबाट खरिद गरी विहारमा गोप्य रूपमा बिक्री गर्ने दारु माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ ।

मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एकिन संख्या भने बताउन अस्वीकार गरेका छन् ।

धेरै जसो पीडितहरूले वान्ता हुने, पेट दुख्ने अनुभव गरेको बताइएको छ । ‘छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा विक्री गरिएको पाइएको छ’, जी न्युजले उल्लेख गरेको छ ।

यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले विहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १२, बिहीबार १३:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ