हर्क र बालेनहरूको विजय दलपतिहरूको सिण्डिकेटविरुद्ध जनविद्रोह हो- राजकिशोर यादव


काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई दलपतिको संज्ञा दिँदै धरानदेखि धनगढीसम्म स्वतन्त्र उम्मेदवारहरूको विजय दलपतिहरूविरुद्धको विद्रोह हो भनेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रतिनिधिसभामा पूर्वमन्त्री यादवले दलपतिहरुको अपारदर्शी र जनमतको बर्खिलाफका निर्णयविरुद्ध जनताले विद्रोहको संकेत दिएको बताए ।

यादवले भने, ‘हर्क,बालेन र गोपीहरूको विजय दलपतिहरूलाई चुनौती हो । हामीले जे गरे पनि हुन्छ भनने दलपतिहरूको जनमतविरुद्धको हर्कत र अपारदर्शी निर्णयलाई धरान, जनकपुर, बर्दिबास,काठमाडौंजस्ता ठाउँबाट जनताले जवाफ दिएका छन् ।

सिण्डिकेटविरुद्धको विद्रोह हो यो । यादवले सरकारको नीति तथा कार्यक्रम परम्परागतबाहेक केही नरहेको आरोप लगाए ।

प्रकाशित : २०७९ जेष्ठ १२, बिहीबार १८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ