लोकसभाको चुनाव लड्दै भोजपुरी सुपरस्टार निरहुआ


नयाँ दिल्ली । भारतका धेरै राज्यमा उपनिर्वाचन हुन लागेको छ, जसका लागि भारतीय जनता पार्टी (भाजपा)ले उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

भाजपाले भोजपुरी सुपरस्टार दिनेश लाल यादव ‘निरहुआ’लाई पनि उम्मेदवार चयन गरेको भारतीय मिडियाले जनाएको छ । समाचार अनुसार निरहुआ आजमगढ लोकसभाबाट चुनाव लड्नेछन् ।

उम्मेदवार सुचीमा पर्नु अगाडीदेखि नै निरहुआ चुनावको तयारीमा जुटिसकेका छन् । उनी विगत चार दिनदेखि लगातार आजमगढ जिल्लाको भ्रमणमा रहेको बताइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ