बंगलादेश आगलागी अपडेट : मृत्यु हुनेको संख्या ४० पुग्यो


ढाका । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

दर्जनौ मानिस घाइते भएका अधिकारीहरूले बताएका छन् । आगलागी देशको मुख्य समुन्द्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।

आगो निभाउन अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए । एजेन्सी

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ