पाकिस्तानमा बस दुर्घटना: २२ यात्रुको मृत्यू


एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । मृत्यू हुनेहरुमा महिला र बालबालिका पनि छन् ।

बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार सडकबाट खाल्डोमा बस खस्दा सबै जनाको मृत्यु भएको छ ।

तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोँचमा खसेको थियो । दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार १३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ