दुःखद् खबर : फेसन डिजाइनर प्रत्युषा बाथरुममा मृत भेटिइन्


फेसन डिजाइनर प्रत्युषा गरिमेलाको शंकास्पद मृत्यु भएको छ ।

प्रत्युषा भारतकी फेमस फेसन डिजाइनर थिइन् । ३५ वर्षिया उनी तेलङ्गानास्थित बन्जारा हिल्समा आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार उनले मृत्यु हुनुभन्दा अगाडि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनको कोठाबाट कार्बन मोनोअक्साइडको सिलिन्डर पनि बरामद भएको छ ।

उनी डिप्रेसनमा रहेको र मृत्युअघि लेखिएको नोटमा उनले निकै एक्लो महसुस गरिरहेको उल्लेख गरेकी थिइन् । अमेरिकाबाट फेसन डिजाइनिङको अध्ययन गरेकी प्रत्युषाले हैदराबादबाट फेसन डिजाइनरका रुपमा करियर सुरु गरेकी हुन् ।

उनले माधुरी दिक्षित, रबिना टण्डन, काजोल, परिणिती चोपडालगायत थुप्रै अभिनेत्रीहरुका लागि ड्रेस डिजाइन गरिसकेकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार २२:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ