अमेरिकामा नेपाली यूवकको शव भेटियो, शव घर पठाउन चन्दा संकलन !


काठमाडौं l अमेरिकाको क्यालिफोर्नियामा घरको किचनमै एक नेपाली यूवक मृत अवस्थामा भेटिएका छन् ।

मृतक यूवक धादिङका शंकर परियार रहेको बताइएको छ । उनको शव नेपाल पठाउन गोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ ।

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपलिज अमेरिकन परियार एसोशियसनले आर्थिक सहयोगका लागी अपिल गरेको हो ।

डिभी मार्फत अमेरिका आएका परियार मे को अन्तिम साता आफू बसेको घरको किचनमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

शंकरको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको शव नेपाल पठाउनका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

धादिंगको निलकन्ठ ८ स्थायी घर भएका परियार सान्तारोजा क्यालिफोर्नियामा बस्दै आएका थिए । ३३ बर्षका परियार वेद वहादुर परियार र पुंगकुरी परियारका माहिला छोरा थिए ।

मास्टर्स दोश्रो बर्षमा अध्ययन गर्दा गर्दै उनले डिभी पारेका थिए । पाँचौंपटकको प्रयासमा डिभी पारेका उनले कोरोना महामारीका बाबजुत भिसा प्राप्त गर्न सफल भएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार ०७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ