भारतमा अग्निपथ योजनाको विरोध हिंसात्मक बन्दै, ९ रेलमा आगजनी, कति यात्रुको मृत्यू ? हेर्नुस्


एजेन्सी । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिं सात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको तेस्रो दिन आज शुक्रवार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् ।

आन्दोलनकारी यूवाहरुले आज बिहारमा ९ वटा रेलमा आगजनी गरेका हुन् । रेलमा आगो लगाउँदा बिहारको लखीसरायमा एक जना यात्रुको मृत्यू समेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा पनि प्रदर्शन भएको छ । हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचाल प्रदेशलगायत ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले गएको मङ्गलवार भारतीय सेनामा भर्नाका लागि ‘अग्निपथ’ नामक योजनाको घोषणा गरेपछि युवाहरूले विरोध सुरु गरेका हुन् ।

अग्निपथ योजनामा भारत सरकारले आफ्नो तीन वटै सैन्य अङ्गस् जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष नोकरी अवधिका लागि मात्रै भर्ना खुलाउने छ ।

प्रकाशित : २०७९ असार ४, शनिबार १२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ