अमेरिकी राष्ट्रपति वाइडेन साइकलबाट लडेपछि…


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेको भिडियो सार्वजनिक भएको छ ।

उनी आफ्नो घर रहेको अमेरिकाको लावेयर राज्यमा पर्ने समुद्र तट नजिकै साइकलबाट लडेका हुन् । उनी साइकलबाट लड्दा कुनै ठूलो चोट भने नलागेको बताइएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसको टिमले नै वाइडेन लडेको भिडियो पोष्ट गरेको छ । भिडियोमा वाइडेन लड्ने वित्तिकै उठेका छन् ।

उठ्ने वित्तिकै उनले आफू ठिक भएको प्रतिक्रिया दिन्छन् । साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपति वाइडेनले बताएका छन् ।

७९ वर्षीय वाइडेन प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका बेला लडेको बताइएको छ ।

प्रकाशित : २०७९ असार ५, आईतवार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ