भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्न लागेकी द्रोपदी को हुन् ?


एजेन्सी । भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत मतदाता छन् ।

ओडिसाकी मुरमु भाजपासँग आवद्ध छिन् । उनी ६४ वर्षकी भइन् । एकल महिला मुरमुका दुई छोराको निधन भइसकेको छ । उनकी एक छोरी छिन् ।

झारखण्डकी पूर्व गर्भनर मुरम स्नातक सम्म अध्ययन पूरा गरेकी छिन् । उनी हिन्दू धर्म मान्छिन् र शाकाहारी हुन् ।

यसअघि भाजपाको साथ पाएर अब्दुल कलाम राष्ट्रपति बनेका थिए । दलित समुदायबाट पहिलो राष्ट्रपनि बनेका रामनाथ कोविन्द पनि भाजपाकै साथ पाएर बनेका थिए ।

प्रकाशित : २०७९ असार ८, बुधबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ