भारतीय प्रधानमन्त्री मोदीलाई कसले दियो धम्की ? इन्टरनेट सेवा बन्द गरियो


भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीलाई उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए ।

आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए । एक राजनीतिज्ञले मुस्लिम धर्मगुरु पैगम्बर मुहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीको बदलामा सो कार्य गरिएको बताइएको थियो ।

गत महिना भाजपाकी नेतृ नुपुर शर्माले एक टेलिभिजन बहसमा मुहम्मदबारे विवादास्पद टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिलाई लिएर मुस्लिम देशले भारतको विरोध गरेका थिए । सत्तारुढ भाजपाले नुपुरलाई पार्टी प्रवक्ताबाट निलम्बित गरेको थियो ।

सरकारले इन्टरनेट सेवा बन्द गरेको छ र ठूला जमघटमा प्रतिबन्ध लगाएको छ । भिडियोमा आफूलाई चिनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अर्को भिडियोमा उनीहरूले हत्याप्रति गौरव गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् । भिडियो ‘हेर्नका लागि धेरै भयानक’ भन्दै राजस्थान प्रहरीले प्रसारण नगर्न मिडिया आउटलेटलाई अनुरोध गरेको छ ।

प्रकाशित : २०७९ असार १६, बिहीबार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ