कतार विश्वकप : सेक्समा प्रतिबन्ध लगाइयो, विदेशी पयर्टक घट्ने !


विश्वकप फुटबल प्रतियोगिताको आयोजनाले बाह्य समर्थन र पयर्टक बढ्छन् । साथै, आयोजक राष्ट्रको आम्दानी पनि ह्वात्तै बढ्ने गर्छ ।

युरोप, उत्तर र दक्षिण अमेरिकाका साथै दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा त्यहाँका यौन व्यवसायलाई स्वतन्त्रता प्रदान गरिएको थियो । यसबाट ती आयोजक राष्ट्रहरूले नगण्य धन पनि कमाए । तर, यसपटकको विश्वकप आयोजक राष्ट्रले विदेशी पयर्टक तथा समर्थकबाट यौन व्यवसायबाट आम्दानी गर्नेछैन ।

यसपटक विश्वकप कतारमा हुँदैछ । आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने विश्वकपमा हजारौँ विदेशी समर्थक तथा पयर्टक आउने पक्का छ । यद्यपि, विदेशी पाहुनाहरूले कतारमा आफूले मन लागेको जस्तो कार्य गर्न पाउनेछैनन् ।

इस्लामिक राष्ट्र कतारले विश्वकप दौरानमा गर्न हुने र नहुने नियम अगाडि नै सार्वजनिक गरिसकेको थियो । कतारले हालै मात्र एउटा अचम्मको नियम सार्वजनिक गरेको छ । कतारले सेक्स पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ ।

एक महिनासम्म चल्ने विश्वकपमा सेक्स प्रतिबन्ध हुँदा प्रतियोगिता नै खल्लो हुने अनुमान गरिएको छ । कतारको प्रचलित कानुनअनुसार पति–पत्नीबाहेक अन्यलाई सेक्स गर्नबाट वञ्चित गरिएको छ । यो नियम पूर्ण रूपले लागू हुँदा विदेशी समर्थक तथा पयर्टकले फुटबलको मात्र मज्जा लिएर घर फर्कनुपर्ने हुन्छ ।

धेरैजसो समर्थक तथा पयर्टक यौन आनन्द लिन पनि विश्वकप हुने राष्ट्रमा पुग्छन् । अघिल्ला विश्वकप आयोजक राष्ट्रहरूले विश्वकप दौरानमा यौन व्यवसायलाई छुट दिएका थिए । ती विश्वकप आयोजक राष्ट्रहरूले यौन व्यवसायबाट राम्रो आम्दानी गरेका थिए ।

यसपटकको आयोजक राष्ट्र कतारले आफ्नो इस्लामिक नियम सबैले पालना गर्नुपर्ने जनाएको छ । कतारको कानुनले विवाहअघिको सेक्सलाई अपराध मानेको छ ।

प्रकाशित : २०७९ असार २५, शनिबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ