नेपाली टीभी रियालिटी शोको जज बन्दै बलिउड स्टार गोविन्दा


काठमाडौं । नृत्यमा आधारित नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा तय भएका छन् ।

भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने निश्चित भएको स्रोतले जानकारी दियो । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा चाहिं भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई छन् ।

शोलाई भूषण दाहालले निर्देशन गर्ने भएका छन् ।देशव्यापी अडिसन सकिएको शोको मेगा अडिसन चाँडै सुरु हुने जनाइएको छ । पछिल्लो समय बलिउड स्टार गोविन्दा नेपाली कार्यक्रममा पनि सहभागी हुन थालेका छन् ।

गत साता अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रममा उनी पत्नीसहित सहभागी थिए । उनकी पत्नी नेपालीभाषी भएकाले पनि नेपालसँग गोविन्दाको सांस्कृतिक निकटता छ ।

प्रकाशित : २०७९ श्रावण १२, बिहीबार ०७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ