भारतमा वायुसेनाको विमान दुर्घटना, २ पाइलटको मृत्यु


काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ ।

राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहिबार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको हो । दुर्घटना यति भयानक थियो कि विमानका भग्नावशेषहरु आधा किलोमिटरपरसम्म उछिट्टिएका थिए ।

परीक्षण तालिमका क्रममा विमान दुर्घटना भएको भारतीय वायुसेनाले जनाएको छ । तर दुर्घटनाको कारण भने खुलाइएको छैन् ।

प्रकाशित : २०७९ श्रावण १३, शुक्रबार ०८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ