कुकुरलाई गोली प्रहार गर्नेलाई चार वर्ष जेल सजाय


काठमाडौं । हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ ।

आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र डकैतीको योजना बनाएको आरोप थियो । जेलिनले आरोपलाई स्वीकार्दै घटनाको समय समूहका एक सदस्य हतियारसहित रहेको बताएका छन् ।

आरोपीलाई २४ फेब्रुअरी २०२१ मा भएको फायरिङ र कुकुर अपहरणको एक ड्रामेटिक सर्विलान्स भिडियोको आधारमा पक्राउ गरिएको थियो । भिडियोमा दुई व्यक्तिले रेयानलाई हमला गरेको देखिएको थियो ।

जसमा एकले कुकुरलाई पक्रेका थिए भने अर्काले बन्दुक तेर्स्याएका थिए । त्यसपछि बन्दुकको आवाज आउँछ र उनीहरु दुई कुकुरलाई लिएर फरार हुन्छन् ।

सो घटनामा एक कुकुरलाई प्रहरीले बचाए पनि अर्को कुकुर भने बन्दुकधारीले अपहरण गर्न सफल भएका थिए । सो समय लेडीले कुकुर भेटाउनेलाई पाँच लाख अमेरिकी डलर इनाम दिने बताएकी थिइन् ।

प्रकाशित : २०७९ श्रावण २१, शनिबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ