अफगानिस्तानमा विष्फोट : कम्तिमा तीन दर्जन व्यक्तिको मृत्यु, दर्जनौं घाइते


अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विष्फोटमा कम्तिमा तीन दर्जन मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

बुधबार साँझको प्रार्थना भईरहेको बेला विष्फोट भएको र मारिनेमा मस्जिदका इमान समेत रहेको काबुल प्रहरीका प्रमुख खलिद जद्रानले बताएका छन् । अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् ।

इटालियन गैरसरकारी संस्थाले संचालन गरेको एनजीओ इमजेन्सी अस्पतालले आफूकहाँ २७ जना घाइतेहरु ल्याइएकोमा अधिकांशको अवस्था नाजुक रहेको बताएको छ । विष्फोटबाट मस्जिद आसपासका घरक झ्यालहरु समेत चर्किएको बताइएको छ ।

गत वर्ष तालिवान सत्तामा आएपछि राजधानी काबुलमा भएको यो नै ठूलो विष्फोट हो । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । गत साता मात्रै अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले अफगानिस्तानका सुधारवादी धार्मिक नेताको हत्या गरेको थियो ।

प्रकाशित : २०७९ भाद्र २, बिहीबार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ