एकैदिन २१ सयमा कोरोना संक्रमण


मनिला । फिलिपिन्समा कोभिडबाट दुई हजार १ सय जना संक्रमित भएका छन् । योसँगै कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ ।अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजारभन्दा बढीको मृत्युभएको छ । राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ ।

फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार संक्रमित फेला परेका थिए । तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

फिलिपिन्समा अहिलेसम्म ७२ दशमलब ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् ।

प्रकाशित : २०७९ आश्विन १, शनिबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ