‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन


बलिउडका चर्चित अभिनेता अरुण बालीको निधन भएको छ । ‘थ्री इडियट्स’ जस्ता चलचित्रमा अभिनय गरेका उनको शुक्रबार बिहान ४ः३० बजे मुम्बईको उपनगरस्थित निवासमा निधन भएको हो ।

बाली ७९ वर्षका थिए । उनका छोरा अंकुशका अनुसार माइस्थेनिया ग्रेभिस नामक अटोइम्यून रोग स्नायु र मांसपेशीबीचको सञ्चारमा समस्या भएकोले उनलाई यसवर्षको सुरुमा अस्पतालमा भर्ना गरिएको थियो ।

उनले बालीले प्रख्यात फिल्म निर्माता लेख टन्डनको टिभी कार्यक्रम ‘दुसरा केवल’बाट सुपरस्टार शाहरुख खानको काकाको रूपमा अभिनयको सुरुवात गरेका थिए ।

बालीका केही चर्चित फिल्महरूमा ‘सौगन्ध’, ‘राजु बन गया जेन्टलम्यान’, ‘खलनायक’, ‘सत्या’, ‘हे राम’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘रेडी’, ‘बर्फी’, ‘मनमर्जियाँ’, ‘केदारनाथ’, ‘सम्राट पृथ्वीराज’, र ‘लाल सिंह चड्ढा’ रहेका छन् ।

उनको अन्तिम फिल्म ‘गुडबाइ’, जसमा अमिताभ बच्चन र रश्मिका मन्डन्ना पनि छन् । गुडबाइ शुक्रबार रिलिज भएको छ । बालीका एक छोरा र तीन छोरी छन् ।

प्रकाशित : २०७९ आश्विन २१, शुक्रबार १३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ