काठमाडौं । नेपाली कांग्रेसले विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार दिने घोषणा गरेको छ । ‘विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने’ कांग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख छ ।
कोखदेखि शोकसम्म विभिन्न कार्यक्रम घोषणा गरेको कांग्रेसले मृत्यु संस्कारको विषयलाई समेटेको हो । ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नेदेखि ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बाचा कांग्रेसले गरेको छ ।
६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने बाचा गरिएको छ ।
सुत्केरी भत्ता ५ हजार !
यस्तै काँग्रेसले सार्वजनिक गरेको चुनावी घोषणाा पत्रमा सुत्केरी भत्ता ५ हजार पुर्याउने पनि उल्लेख छ । चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ ।
तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भन्दै कांग्रेसले ३र७३ को नारा दिएको हो । ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने, बिमाको दायरा बढाएर १० लाख रुपैयाँ पुर्याउने पनि घोषणापत्रमा छ ।
६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने भनिएको छ । पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ नगरपालिकामा विशेषज्ञ चिकित्सकसहित प्राथमिक अस्पताल र सबै उपमहानगरपालिका था महानगरपालिकामा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालन गर्ने पनि कांग्रेसको घोषणा छ ।
कांग्रेसले सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड, हरेक स्थानीय तहमा एम्बुलेन्सलगायतका स्वाथ्य सेवा पुर्याउने घोषणा गरेको छ ।