विश्वकप जितेको खुसीयालीमा उत्सव मनाउने क्रममा एक जनाको मृत्यु, ५ वर्षे बालक कोमामा !


विश्वकप उपाधि जितेको खुसीयालीमा उत्सव मनाउने क्रममा अर्जेन्टिनामा एक फूटबल फ्यानको मृत्यु भएको छ ।

उत्सव मनाउने क्रममा २४ वर्षीय एक युवाको निधन भएको हो । सोही क्रममा ५ वर्षे एक बालक कोमामा पुगेका छन् ।

फ्रान्सविरुद्धको फाइनल खेलमा जित हासिल गरेपछि मंगलबारको विजय परेडमा उत्सव मनाउँदै गर्दा छतबाट लडेर २४ वर्षीय फ्यानको मृत्यु भएको हो । मंगलबारको बस परेडलाई सुरक्षा चिन्ताको कारण स्थगित गर्नुपरेको थियो ।

खेलाडीहरूसँग बसको माथि उफ्रने प्रशंसकहरू व्यवाहारले सुरक्षा थ्रेट बढाएको थियो । अर्जेन्टिनाको राजधानी ब्यूनोज आइरेसमा उत्सव मनाउने क्रममा टाउकोमा चोट लागेका कारण सोमबार अस्पतालमा अर्का फ्यानको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

ती ब्यक्तिले ‘राष्ट्रिय टोलीको विजयको उत्सव मनाउँदै छतमा हाम फालेको र छत भाँचिएपछि उनी खसेको’ रिपोर्टमा उल्लेख छ। उनको ब्यूनोज आयरेसको फर्नान्डेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

https://www.youtube.com/watch?v=SvgYn7ulBvI&t=78s

प्लाजा सान मार्टिन भन्ने स्थानमा आफ्ना आमाबाबुसँग अर्जेन्टिनाको विश्वकप विजयको उत्सव मनाउँदै गर्दा भएको घटनापछि टाउकोमा गम्भीर चोट लागेर कोमामा रहेको पाँच वर्षीय बालकको बारेमा पनि चिन्ताजनक भएको बताइएको छ ।

परेडका क्रममा अरु पनि चोट र चिन्तजनक अवस्थाबारे रिपोर्टहरु आइरहेको बताइएको छ। विश्व विजेता बनेर अर्जेन्टिना फुटबल टोली स्वेदश फर्किएको छ। मंगलवार विशेष विमानबाट राजधानी बुनोज एरिजमा ओर्लिएका खेलाडीहरुलाई अर्जेन्टिनाले भव्य स्वागत गरेको छ।

मेस्सी र उनको टोली चढेको बसमा हाम फाल्ने प्रयास गरेपछि अर्जेन्टिनी टोलीलाई हेलिकप्टरमा आकाशमा सार्नुपरेको थियो। बस परेडको क्रममा अगाडि बिजुलीको तार आउँदा सम्भावित जोखिम टरेको थियो । रोड्रिगो डे पाउल, निकोलस ओटामेन्डी, लियोनेल मेस्सी, लिआन्ड्रो परेडेस र एन्जेल डि मारियालाई जुन तारको केबलसँग ठोक्किनबाट जोगिएका थिए ।

विमानबाट पहिला कप्तान लियोनल मेस्सी विश्वकप ट्रफी लिएर ओर्लिएका थिए। त्यसपछि जितको खुशियाली सुरु भएको थियो । खेलाडीहरुलाई ‘ओपन टप डेक’ बसमा राखेर नगर परिक्रमा गराइयो । उनीहरुलाई स्वागत गर्दा ब्यूनोज आयरेसमा लाखौं अर्जेन्टिनी नागरिक सडकमा ओर्लिएका थिए ।

निलो र सेतो रंगको जर्सी लगाएका समर्थकहरुको भिड सडकमा बढ्दै गयो । खेलाडीहरु उनीहरुसँगै जितको खुशी साट्दै अघि बढे। रातभर अर्जेन्टिनाको राष्ट्रिय झण्डा र म्यराडोनाको तस्विर लिएर मानिसहरु ‘जितको उत्सव’मा सहभागी भएका थिए ।

प्रकाशित : २०७९ पुष ६, बुधबार १५:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ