सिके राउतको टिप्पणी- गठबन्धनको भर हुँदैन, हामी फस्दै गएको आभास गरेका छौँ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गठबन्धनको कुनै भर नहुने भएकाले आफूलाई वितृष्णा जागेको बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा सहभागी हुन संसद् भवन पुगेका अध्यक्ष राउतले जनताले नयाँ दलमाथि गरेको विश्वास मर्न नदिने बताए । उनले भने, ‘मधेशमा हाम्रो संख्या धेरै छ। यहाँ त हाम्रो धेरै छैन। गठबन्धनको भर रहेन छ, जुन बेला पनि परिवर्तन हुन सक्ने रहेछ। अनुभव गर्दै छु।’

उनले मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी रहेको बताए । ‘जनताले नयाँ पार्टीलाई बढी अपेक्षा गरेका हुन्छन् । तर, हामी जुन तरिकाले हामी फस्दै गरेको आभास गरेका छौँ । त्यो प्रति मलाई वितृष्णा जागेकै हो । आशा छ अब यसबाट कसरी बच्न सक्छौँ । जनताको आशालाई कसरी कायम राख्न सक्छौँ। हाम्रो ध्यान त्यसमा रहनेछ’ उनले भने ।

उनले जनताको आशाप्रति खरो रूपमा उत्रने प्रतिबद्धता जनाए। आफू सरकारमा जानेबारे अहिले कुनै निश्चित नभएको बताए । त्यसो त उनले आइतबार नै सत्ताको पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो नलागेको बताएका थिए ।

उनले फेसबुकमा लेखेका थिए, ‘सत्ताको पहिलो क्लास आज । पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। काँधमा लाखौँ जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि संन्यास लिइसक्थेँ होला । तर आफैँ जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ ।’

प्रकाशित : 26 December 2022 1:23 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


No posts found in the "world" category.