जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिनबाट बंचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो। रजी हैदरले शपथग्रहण गर्न पाएनन् ।
प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले अदालतको आदेशका कारण कर्ण र हैदरलाई आज शपथग्रहण लिन नपाएको बताए । स्रोतका अनुसार माओवादीका समानुपातिक ९नाम नखुलेको० उम्मेदवारले नै आफू निर्वाचित हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।
५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा शपथ लिएका छन् । बज्जिकामा १३, मैथिलीमा ११ र भोजपुरीमा ७ सांसदले शपथ लिए । राजकुमार लेखी र राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस्तै, मगही र हिन्दी भाषामा २र२ सांसदले शपथ लिएका छन् । एक मात्र सांसद विमला अन्सारी भने उर्दु भाषामा शपथ लिएकी छन् ।
विवादित मधेशी भाषामा जनमतका १२ सांसदले शपथ लिएका छन् । तर सोही पार्टीका सतिश सिंहले भने मैथली भाषामा शपथ लिए । नेकपा एमालेका सबै २३ सांसद नेपाली भाषा रोजे ।