संसदमा न्याय माग्दै रञ्जिता– टिकापुर घटना बन्द कोठामा भएको होइन, देख्ने हजारौं आँखा छन्

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याग माग्न कानुन निर्माण गर्ने थलोमा आइपुगेको बताएकी छिन् ।

आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सल्लाहकार रेशम चौधरी लगायत अन्य बन्दीको रिहाइको माग गरिन् । ‘म न्याय माग्दै कानुन निर्माण गर्ने थलोमा आइपुगेको छु,’ उनले भनिन् ।

टिकापुर घटनामा सबैभन्दा बढी क्षति थारुहरुले भोगेको भन्दै उनले प्रहरी परिवारले पनि न्याय पाउनुपर्ने बताइन् । रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भनिन्, ‘सरकार लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गर्दैनरु टिकापुर घटनामा सबैभन्दा ठूलो क्षति थारुहरुको भयो । उनीहरुमाथि नै झुटा मुद्दा लगाइयो ।’

प्रकाशित : 9 January 2023 6:37 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !