मधेसमा उपेन्द्र यादवविरुद्ध जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति


काठमाडौं । लोसपा नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ ।

सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दीको सन्देश दिएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि पनि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । यद्यपि दुवै दल १० दलीय गठबन्धनमा सहभागी छन् । जसपाबाट दुईजनाले उम्मेदवारी दिएका छन् ।

 

प्रकाशित : २०७९ फाल्गुन २७, शनिबार १८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ