सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर यूएईबाट पक्राउ


सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम बरारलाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी ९एनआईए० ले यूएईबाट पक्राउ गरेको छ ।

दैनिक भास्करका अनुसार बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसयता उनी फरार थिए । उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए ।

विक्रम बरारले सलमान खानका पिता सलिम खानलाई पत्र पठाउँदै सलमानको हत्या गरिने हत्याको धम्की दिएका थिए ।

प्रकाशित : २०८० श्रावण ११, बिहीबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ