बाइडेनलाई फेसबुकमार्फत धम्की दिने व्यक्तिलाई गाेली हानेर मार्‍याे


अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सामाजिक सञ्जालमार्फत धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टाेलीले गोली हानेर मारेको छ ।

बाइडेनको उटाह राज्यको भ्रमण हुनु केही घण्टाअघि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नाम गरेका ती व्यक्तिलाई उटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

ती व्यक्तिलाई गिरफ्तार गर्ने क्रममा गोली चलाइएको भनिए पनि यसबारे थप विवरणहरू सार्वजनिक नभएका बीबीसीले जनाएको छ ।

रोबर्टसनले राष्ट्रपति बाइडेनलाई लगातार धम्की दिइरहेका आराेप छ ।

प्रकाशित : २०८० श्रावण २५, बिहीबार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ