बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना


बलिउड अभिनेता सन्नी देओलको मुम्बईस्थित जुहू बंगलाको लिलामी गर्ने सूचना सम्बन्धित बैंकले फिर्ता लिएको छ ।

सोमबार बैंक अफ बडोदाले एक अखबारमा विज्ञप्ति प्रकाशन गरी लिलामीको सूचना फिर्ता लिइएको जानकारी दिएको हो ।

यसअघि बैंकले ५६ करोड ऋण ई–अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने बताइएको थियो ।

बैंकले पञ्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैंक अफ बडोदाको ५५.९९ करोड रुपैयाँको ऋण तिर्न नसकेकाले यो सम्पत्ति ई-लिलामी गरिने बताएको थियो ।

बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ ​​सन्नी देओल’को सम्पत्तिको ई–अक्सनको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ ।

५९९=४४ स्क्वायर मिटर सम्पत्तिको व्यक्तिगत ग्यारेन्टर सन्नी देओलका पिता धर्मेन्द्र हुन् ।

प्रकाशित : २०८० भाद्र ४, सोमबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ