यसपालि दसैंमा पानी पर्छ ?


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैंमा मौसम सफा रहने बताए । उनले भने, ‘दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक-दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ ।

महाशाखाले आज साँझ वा भोलि शुक्रबार दसैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।

प्रकाशित : २०८० कार्तिक २, बिहीबार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ