दशैंका यात्रुलाई बसको नक्कली टिकट दिएर ठग्ने ५ जना पक्राउ


काठमाडौँ । दसैँमा घर फर्कने यात्रुबाट बढी भाडा असुल गर्ने पाँचजनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँच जनालाई पक्राउ गरेको हो ।दसैँको बहानामा सर्वसाधारणबाट बढी भाडा असुल गरेको, यात्रुलाई अनावश्यक दुःख दिएको र नक्कटी टिकट बनाएर यात्रुलाई ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुरको हेटौँडा स्थायी घर भई काठमाडौं बस्ने सन्देश श्रेष्ठ र काठमाडौंका रोहित लामा यात्रुबाट बढी भाडा असुलेको पाइएपछि पक्राउ परेका छन् ।

नक्कली टिकट बनाएर यात्रुलाई ठगेको पाइएपछि महोत्तरीको बर्दिबासका अनिल बुढाथोकी, काठमाडौंका राजकुमार डंगोल र कोटेश्वरका कमल सार्कीलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

दसैँको समयमा यात्रुबाट बढी भाडा असुल गर्ने, नक्कली टिकट बेच्ने, यात्रुलाई दुःख दिने र विभिन्न ढंगले ठग्नेलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले टोली परिचालन गरेको छ ।

प्रकाशित : २०८० कार्तिक ३, शुक्रबार ०८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ