एमालेका साँसद र मेयरले जनमत पार्टीका नेता कार्यकर्तालाई कुटेको आरोप


जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश साँसद लखन दास र उनकै दाई विदेह नगरपालिकाका मेयर बेचन दासले जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई कुटपिट गरेको आरोप लागेको छ ।

शुक्रवार राति विदेह नगरपालिकाको तिनकोरिया चोकमा कुटपिटको विरोधमा जनमत पार्टीका नेता कार्यकर्ताहरु टायर बालेर प्रदर्शन गरे । केहिबेर त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनमा सहभागीहरु एमालेका साँसद र मेयर विरुद्ध नाराबाजी गरे ।

जनमतका एक नेताका अनुसार केहि दिनअगाडी मेयर दासले तिनकोरिया चोकमा रहेको शिव मन्दिर तोडेर सडक फराकिलो पारेका थिए । त्यसको विरोध भयो । विरोधको नेतृत्व जनमतका सुरेश मण्डलले गरे ।

मण्डल केहिदिन जनकपुरमा बसे । तर घर आएपछि मेयर दासले उनलाई कुटपिट गर्न लगाएर प्रहरीमा बुझाएको जनमतका नेताहरुको आरोप छ । नेता मण्डललाई छुटाउन प्रहरी कार्यालय पुगेका जनमतका नेता कार्यकर्ताहरुलाई साँसद लखन दासले केहि व्यक्ति ल्याएर कुटपिट गर्न लगाएको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा समेत प्रहरी कार्यालयमै कुटाकुट भइरहेको देख्न सकिन्छ । कुटपिट गर्नेहरु मेयर र साँसदकै व्यक्ति भएको जनमतका नेताहरु दावी गर्छन् । कुटपिटका कारण जनमतका केहि नेता कार्यकर्ता घाईते समेत भएका छन् ।

प्रकाशित : २०८० कार्तिक ११, शनिबार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ