जनकपुरमा ११ हजार स्क्वायर फिटको राम जानकीको मूर्ति बनाउने, विश्व रेकर्ड बन्ने

जनकपुरधाम । राम जानकी विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमा बनाउने तयारी सुरु गरिएको छ ।
जनकपुरधामका मेयर मनोज साहले राम जानकीको प्रतिमा बनाउने विषयमा विभिन्न निकायका अधिकारीसँग छलफल गरेका हुन् । छलफलपछि उनले अनाजबाट ११ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमा बनाउने निष्कर्षमा पुगेको बताए ।
उनका अनुसार जनकपुरधामको रंगभुमी मैदान ९बारहविघा०मा राम जानकी प्रतिमा निर्माण गरिनेछ । प्रतिमा करिब तीन कट्ठा क्षेत्रफल ओगट्नेछ ।
यसअघि भारतको अयोध्या ९भगवान रामको जन्मभूमि०मा ९ हजार स्वाइयर फिटको प्रतिमा बनाइएको थियो । जुन प्रतिमाले विश्व रेकर्ड बन्यो । तर जनकपुरमा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ रेकर्ड बन्ने मेयर साहले बताए ।
प्रतिमा भारत मध्य प्रदेश सतिश गुर्जरले निर्माण गर्नेछन् । उनको टिम जनकपुरधाम आइपुगेको छ ।
यसवर्ष अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी मनाइन्छ । यसवर्ष विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम९जानकीको प्रतिमा हुनेछ ।
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव