नवराजपुरका ५५ विद्यार्थी शैक्षिक भ्रमणमा, पालिका अध्यक्ष यादवले गरे विदाई


 

जयनाथ यादव, सिरहा । नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादवले विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमणका लागि शुक्रवार विदाई गरेका छन् ।

नवराजपुर गापा ३ स्थित रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय जगतपुर फुलवरियाले विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमणमा लगेको हो ।
विद्यालयका प्रधानाध्यापक शिव नारायण यादवले नयां कुरा सिक्ने अवसरको रुपमा विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लगेको बताए ।

उनले भने, अनुभवहरुबाट आफ्नो अनुभूतिहरुलाई निखार्दै अगाडी बढ्नका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसैले विद्यालयको पहल र पालिकाको आर्थिक सहयोगमा तीन दिने भ्रमणमा निस्केका छौं ।

भ्रमणमा अभिभावकको रुपमा १३ जना शिक्षक र ५५ जना विधार्थी छन् । विद्यार्थीहरुलाई कोशी प्रदेशको कोशी टापु, पाथीभरा र इलामको कन्यामसहित विभिन्न पर्यटकिय स्थलहरुमा शैक्षिक अवलोकन भ्रमण गराउने योजना रहेको उनको भनाई छ ।

पालिका अध्यक्ष यादवले शैक्षिक अवलोकन भ्रमणमा जाने विद्यार्थीहरुलाई विदाई गर्दै पढेरभन्दा पनि आफैले देखेर बुझेको कुरा चीरस्थायी हुने विश्वास व्यक्त गरे । उनले भने, जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउछ ।

भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरी उपलब्धी मूलक बनाउन सकेमा मात्रै भ्रमणका लागि गरिएको लगानी अत्यन्तै फलदायी हुने अध्यक्ष यादवले विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।

प्रकाशित : २०८० मंसिर २३, शनिबार १४:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ