लहानको स्कुल अफ स्कलर्स यसरी बन्दैछ ‘ब्राण्ड’


धर्मेन्द्र पासवान/लहान । ‘लर्नर्स टुडे, लिडर्स टुमोरो’ आजको विद्यार्थी, भोलिको नेतृत्वकर्ता भन्ने मुख्य उद्देश्यले मधेश प्रदेश स्थित सिरहाको लहानमा स्थापना भएको केही वर्षमा नै ‘स्कुल अफ स्कलर्स’ ब्राण्ड बन्दै गइरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको लहानको आँखा अस्पताल पछि स्थापना भएको छोटो समयमै ‘स्कुल अफ स्कलर्स’ ले पनि आफ्नो छुट्टै पहिचान बनाउँदै गइरहेको छ ।

‘एसओस’ मा अध्यनरत विद्यार्थीहरू हरेक विधामा अब्बल साबित भइरहेको छन्, उनीहरूले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो कौशलले विद्यालयलाई चर्चाको शिखरमा पुर्‍याइरहेको छ ।

५० किलो समुह अन्तर्गत राष्ट्रिय स्तरको खेलमा नेपालको तर्फबाट स्कुल अफ स्कलर्स’ मा अध्यनरत छात्र रितिक थिङ्ग छनोट भएर उनले नेपालको तर्फबाट ‘गोल्ड मेडल’ जित्न सफल भएका थिए । विद्यालयको करातेको प्रमुख प्रशिक्षक प्रधुमन सिंहले पनि कडा मेहनतले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कडा मिहिनेत गरेका थिए ।

‘एसओएस’ विद्यालय व्यवस्थापनले पनि आफ्नो विद्यार्थीहरूको मनोबल बढाउन एउटा भव्य कार्यक्रमको आयोजना गरि मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश कुमार यादवलाई प्रमुख अतिथि बनाएर आफ्ना विद्यार्थीहरूलाई मन्त्री यादवकै हातबाट सम्मानित गराएका छन् ।

‘एसओएस’ विद्यार्थीहरू हासिल गरेका उपलब्धिहरूमा ७ औं एसियाली कराते च्यामपियनशिपमा नेपालको तर्फबाट गोल्ड मेडल र सिलभर मेडल ल्याउन सफल, बरियारपट्टी गाउँपालिका-३ को जनता माध्यामिक विद्यालय प्राविधिक धारमा विज्ञान तथा कला प्रदर्शनी-२०८० मा विभिन्न ४ वटा विधाहरू विज्ञान, वातावरण, सामाजिक र कलामा जिल्लाका ६० वटा भन्दा बढि विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो । जसमा ‘एसओएस’ का विद्यार्थीहरूले विज्ञान र कला (नृत्य कला) मा प्रथम स्थान हासिल र नेल्टा सिरहाद्वारा आयोजित निबन्ध प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल भएका थिए । ती सबै विद्यार्थीहरूलाई ‘एसओएस’ विद्यालयले सम्मान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश कुमार यादवले ‘एसओएस’ विद्यार्थीहरूले हासिल गरेको उपलब्धिको कदर प्रदेश सरकारको कर्तव्य रहेपनि ‘एसओएस’ ले नै उक्त कार्यक्रमको आयोजना आफुलाई मधेश प्रदेश सरकारको प्रतिनिधिको रूपमा बोलाएकोमा खुसी र धन्यवाद व्यक्त गरेका छन् ।

मन्त्री यादवले ‘एसओएस’ विद्यार्थीहरूले विद्यालय, जिल्ला, प्रदेश मात्रै नभएर देशकै नाम रोसन गरेको बताएका छन् ।
उनले यहीँबाट आफुलाई केही आत्मज्ञान बोध भएको जानकारी गराइएको थियो । “शिक्षा महत्त्वपूर्ण कुरा रहेपनि जसरी शिक्षामा मधेश प्रदेश सरकारले जुन फड्को मार्नुपर्ने हो त्यो मारेका त्यो नपाएका अवस्था हामीले आफैंले महसुस गरिरहेका छौँ ।”

मन्त्री यादवले मधेश प्रदेश सरकारको पहिलो कार्यकाल भौतिक संरचना लगायत व्यवस्थापनमा बितिसक्यो जस्तो लागेको दावी गरेका छन् । अबको दोस्रो कार्यकाल कानून बनाउनुको साटो शिक्षामा आमूल परिवर्तन गर्ने विस्वास व्यक्त गरे ।

विद्यालय यति चाँडै चर्चाको चुचुरोमा पुग्नु व्यवस्थापनसंगै अर्को कुराहो त्यो विद्यालयको मुख्य अभिभावक प्रधानाध्यापक अभि नारायण निरौंला जो शिक्षण पेशामा अनुभवी हुन् र परिश्रमी पनि । आफ्नो परिवारभन्दा पनि आफ्नो विद्यार्थीहरूको उन्नति प्रगति गर्न सदैव तत्पर हुन्छ प्रधानाध्यापक निरौंला ।

शैक्षिक क्षेत्रमा रहेर लामो अनुभव बटुलेका ‘स्कुल आफ स्कलर्स’ का प्रधानाध्यापक अभि नारायण निरौंलाले
मन्तव्यको क्रममा “कुनै पनि अभिभावकले आफ्नो बच्चा कुनै कुलतमा फस्ने विषय नै तिनीहरूका लागि सबैभन्दा ठूलो चुनौती हुँदै गएको छ” उनले भने “बच्चाहरूले हरेक कुरा देखासिकि गर्छन् । त्यसैले अभिभावकले पनि आफ्नो बच्चाको अगाडि ति कार्यहरू गर्नु हुँदैन जुन कि अभिभावकलाई ती कार्य स्वयं मन पर्दैनन् ।

प्रधानाध्यापक निरौलाले “अहिलेको आधुनिकता युगमा विधार्थीलाई जान्नै पर्ने कम्प्यूटर, आईटी, ई-शिक्षा, ई-वाणिज्य, ई-पुस्तकालय, ई-ल्याब, विभिन्न सफ्टवेयर, सिक्ने एप्सको पहुंच मा विद्यालय छ वा छैन ? नयाँ नयाँ शिक्षण-प्रशिक्षण प्रकृया अपनाएको छ छैन ? विद्यालय डिजिटल आधारित, अनुसन्धान आधारित, नवीन आधारित छ कि छैन ? कि मात्र किताबको बिषय बस्तु मेमोरि कार्डमा राखे जस्तो राख्न लगाउँछ्न र यी समस्याहरूको समाधान ‘स्कुल अफ स्कलर्स’ मा छ ।” नयाँ नयाँ प्रविधि भित्रिए हाम्रो विद्यालयले थप्दै जाने प्रधानाध्यापक निरौलाले तर्क गरेको थियो ।

जग बलियो त घर बलियो’ बने झैं विद्यालयको व्यवस्थापन कस्तो छ ? ती कुराले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा असर देखापर्छ । एसओएसका विद्यार्थीहरूले यति चाँडो यी उपलब्धि हासिल गर्नु दरिलो व्यवस्थापन नै हुन् ।

कार्यक्रम समापन मन्तव्यको क्रममा कार्यक्रमको अध्यक्ष तथा ‘एसओएस’ को कार्यकारी निर्देशक सुदिप कुशवाहाले अढाई वर्षको छोटो समयमा एसओएसका विद्यार्थीहरूले राष्ट्रिय देखि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पदकहरू हासिल गरेकोमा यसमा विद्यालयको कुनै एउटै पक्षको सहयोग मात्रै नभएर ५१ जनाको असिम हौसला, प्रोत्साहन र भित्रैबाट बारम्बार प्रेरित यस विद्यालयका सम्पूर्ण शिक्षकदेखि लिएर विद्यालयमा काम गर्ने हरेक कर्मचारी र अभिभावकको यो सुनौलो अवसर प्राप्त गर्नुमा सबै अहम भूमिका रहेको जिकिर गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रिय अध्यक्ष पाण्डव हमालले प्रदान गरेको सदस्यताको लागि धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले आगोबलेको पाँच ओटा खपडा भएकोलाई एकै प्रहारमा फुटाएका थिए । विभिन्न कक्षाको विद्यार्थीहरूले वकतृत्वकला र नृत्यकला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अथितिको रूपमा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतो जि.स.स. उप-सभापति दिलीप लामा, नेशनल प्याबसन राष्ट्रीय अध्यक्ष पाण्डव हमाल एवं अतिथिहरू नेशनल प्याबसन सिरहा अध्यक्ष प्रदीप तिवारी, कराते राष्ट्रीय प्रशिक्षक राजेश गुप्ता, लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादव, श्रोत व्यक्ति मनोज यादव, जे.एस.मुरारका क्याम्पसका सहायक क्याम्पस-प्रमुख सजन साह तथा कराते प्रशिक्षकहरू, संचार्कर्मी लगायत ‘एसओएस’ परिवारका शेयरधनी सदस्यहरू, कर्मचारी टिम तथा विद्यार्थीहरूको उपस्थितमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २०८० पुष ७, शनिबार ०९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ