विश्वकै ठूलो २० तले पानी जहाजको यात्रा सुरु, ७६ सय यात्रु एकसाथ चढ्न सक्ने


विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा शुरु गरेको छ । अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा शुरु गरेको बीबीसीले जनाएको छ ।

रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५ मिटर लामो जहाजमा सात हजार ६ सय यात्रु बस्न सक्छन् । दुई अर्ब अमेरिकी डलर लागतमा निर्माण सम्पन्न भएको २० तले पानी जहाजमा सात वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड तथा ४० भन्दा धेरै रेष्टुरेन्ट तथा बारहरु रहेका छन् ।

वातावरणविद्हरूले भने तरल प्राकृतिक ग्यासबाट चल्ने जहाजले हानिकारक मिथेन ग्यास हावामा चुहावट गर्ने चेतावनी दिएका छन् ।

मिथेन ग्यासले कार्वनडाइअक्साइडको तुलनामा ८० गुणा बढी तापक्रम समात्छ । त्यसैले पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न मिथेन ग्यासको उत्सर्जन कटौती गर्नुपर्ने वातावरणविद्हरुको भनाइ छ ।

  • दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले २२ वर्षपछि पहिलो पटक मुख खोले, राजनीतिक दलहरुमाथि गम्भीर आरोप, हेर्नुहोस् पुरा भिडिओ : 

प्रकाशित : २०८० माघ १४, आईतवार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ