पाकिस्तानमा राजनीतिक र्‍यालीमा बि-स्फोट, ५ जनाको मृत्यु


एजेन्सी । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलवार एउटा राजनीतिक -यालीका क्रममा बिस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।

मोटरसाइकलमा राखिएको बिस्फोटक पदार्थ बिस्फोट भएको समाचारहरुमा उल्लेख छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को -यालीलाई लक्षित गरी हमला गरिएको बताइएको छ । घाइतेलाई नजिकैको अस्पताल लगिएको छ । तीन जनाको अवस्था गम्भीर छ ।

आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

प्रकाशित : २०८० माघ १७, बुधबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ