लोसपा फुटको संघारमा, राजेन्द्र महतोको नयाँ मोर्चाबन्दी


सिरहा । सत्तारुढ लोकतान्तिक समाजवादी पार्टी (लोसपा) फुटको संघारमा पुगेको छ ।

पछिल्लो समय पार्टीभित्र फरक मत राख्दै आएका राजेन्द्र महतो बहुराष्ट्रिय राज्यु को एजेण्डा बोकेर मोर्चाको नेतृत्व गर्दै अघि बढेपछि पटक-पटक फुटबाट गुज्रेको यो दल पुन: टुक्रिने स्थितिमा पुगेको हो ।

महतोले सोमबार राजधानीमा लोसपाका आफू समर्थित नेता कार्यकर्ता र उनको मोर्चामा जोडिन चाहेका अन्य समूहहरु समेतको भेला बोलाएका छन् ।

उक्त भेलामा महतोले आफ्नो राजनीतिक कार्यदिशा र समसामयिक विषयमा धारणा राख्ने तय भएको छ । आफ्नो राजनीतिक कार्यदिशा पेश गरेपछि उनले सोमबार नै पत्रकार सम्मेलनबाट विषय स्पष्ट पार्नेछन् । मैले पत्रकार सम्मेलनबाट आफ्नो धारणा राख्छु– महतोले भने ।

सोमबार देशभरबाट झण्डै ६ र ७ सय प्रतिनिधिहरु सहभागी हुनेछन् । राष्ट्रिय सभागृहमा हुने भेला तीन दिन चल्ने र त्यसले राजनीतिक संघर्षका कार्यक्रमहरू अघि बढाउने महतोको अभियानलाई साथ दिँदै आएका लोसपाका महासचिव केशव झाले बताए ।

काठमाडौंको भेलापछि माइतीघरको निषेधित क्षेत्र तोडेर आन्दोलन सुरुवात गर्ने महतो नेतृत्वको समूहको तयारी छ ।

प्रकाशित : २०८० फाल्गुन १४, सोमबार ०९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ