बन्दीपुर प्रहरीको अर्को सफलता,अबैधकाठ सहित तिना जना पक्राउ


जयनाथ यादव,लहान । सिरहाको कर्जन्हा नगरपालिका ४ भुल्किया स्थित करीब ३:३० बजेको समयमा चौरी पैठारी गरी ल्याईएको अवैधकाठ, सवारी सधान सहित तिन जना मानिस पक्राउ परेका छन् ‌ ।
प्रकाउ पर्नेमा कर्जन्ह नगरपालिका ३ बस्ने २९ बर्षीय प्रदेश ३-०१-०२२ च ८६६८ नम्बरको पिकप चालक जिवन साह,‌सोही ठाउँ बस्ने ३० बर्षीय जितेन्द्र मुखिया र कर्जन्हाकै १५ बर्षीय रामबृक्ष भने बिबेक महतो रहेका छन्।
ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी नायव निरिक्षक ललन कुमार मगरदैताको कमाण्डमा र सब डिभिजन बन कार्यालय बन्दीपुरको सहायक वन अधिकृत मो।आबिद हुसैन समेतको संयुक्त टोलीले जगंलबाट बन्दीपुरतर्फ गस्ती गर्दै जादाँ क्रममा कर्जन्हा नगरपालिका ४ बस्ने ईन्द्रजित महतोको गोदाम घरमा प्रदेश ३-०१-०२२ च ८६६८ नम्बरको पिकपबाट अनलोड गरीरहेको अवस्थामा पाचँ लाख बराबरको चौरी पैठारी गरी ल्याईएको अबैधकाठ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको साल जातीको अबैध काठको फेन्टा ३६ थान,झ्याल ६ थान, बोल्डर९फेन्टा०२७ थान ,काठको गुलिया १ थान , दुई थान प्रदेश १-०२-०५ प १७२४ र स ११ प १७ ३५ नम्बरको पल्सर मोटरसाईकल साथै प्रदेश ३ -०१-०२२ च ८६६८ नम्बरको पिकप भ्यान र तिन जना मानिस सहित नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागी डिभिजन बन कार्यालय लहान सिरहामा बुझाएको प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डेले बताएको छ ।
केही दिन अगाड़ी समेत चौरी निकासी गरी ल्याएको अबैधकाठ सहित ईलाका प्रहरी कार्यालय बन्दीपुरले प्रकाउ गरिएको थियो ।

प्रकाशित : २०८० चैत्र ७, बुधबार २०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ