खैरो हिराईन सहित दास पक्राउ


 

लहान । सिरहा नगरपालिका ९ गुलरिया चौक बाट लागू औषध खैरो हिरोईन सहित एक यूवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका ९ कै २५ बर्षिय अजय कुमार दास रहेका छन् ।
गुलरिया चौक स्थित रोकी राखेको स.९प.७३९२ नम्बरको मोटरसाईकल लाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।
शंका लागी शरीर खानतलासी गर्दा उनको पाईन्टको दाहिने खल्तीबाट कालो प्लाष्टिक सहित ५०० मिली ग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद खैरो हिरोईन प्लास्टिक बाहेक २४०‌ मिली ग्राम र मोटरसाईकल सहित निज लाई नियन्त्रणमा लिई जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरिक्षक उदयभान द्विवेदी बताएका छन् ।

प्रकाशित : २०८० चैत्र २०, मंगलवार २२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ