मधेशका मुख्यमन्त्रीलाई चार दलको ध्यानाकर्षण-अल्पमतमा रहेकाले दीर्घकालीन असर पर्ने निर्णय नगर्नु


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई स्थानीय तहलाई वितरण गरिने स-सर्त अनुदान विषयमा प्रतिपक्षी चार दलले ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोसपा संसदीय दलका नेताहरु मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरूले वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नर्गनरनगराउन ध्यानाकर्षण गराएका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहलाई दिने स-सर्त अनुदान मनपरी ढंगले वितरण गर्न खोजेको तथा विभिन्न मन्त्रालयबाट हुने जथाभाबी रकमान्तर गर्न खोजेको चार दलको आरोप छ ।

सरकारमै रहेको बेला माओवादी दलका नेता भरत प्रसाद साहले स-सर्त अनुदान प्रतिपक्षी दलसँग समेत छलफल र सहकार्य गरी वितरण गर्न माग गरेका थिए । नेपाल प्रेस

प्रकाशित : २०८१ जेष्ठ १४, सोमबार १४:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ