सदस्यता वितरणमा गरेको विभेदविरुद्ध पत्रकार महासंघ सिरहा शाखामा तालाबन्दी

सिरहा । नयाँ सदस्यता वितरणमा लापरवाही गरेको भन्दै समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघ सिरहा शाखामा तालाबन्दी गरेको छ ।
समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य जयनाथ यादव, सक्रिय पत्रकार
लगायतको टोली सिरहा सदरमुकामस्थित पत्रकार महासंघ शाखामा तालाबन्दी गरेको हो ।
पत्रकार महासंघ केन्द्रले गैर पत्रकारलाई सदस्यता दिएको र पत्रकारिता गरिरहेकाहरुलाई वाइपास गरेको विरोधमा सिरहा शाखामा तालाबन्दी गरेको समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।
उनले सदस्यता वितरणमा गरेको लापरवाही र विभेद नसच्याए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
समाजवादी प्रेस संगठनले पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पनि आजै तालाबन्दी गरेको छ ।
प्रकाशित : २०८१ जेष्ठ १४, सोमबार २२:२५
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव