जनकपुरधामका सबै विद्यालयमा ५ दिनका लागि आकस्मिक गर्मी बिदा दिइयो


जनकपुरधाम । गर्मी अत्यधिक बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले पाँच दिनका लागि सबै विद्यालयमा आकस्मिक गर्मी विदा दिएको छ ।

गर्मीले बालबालिकामा प्रतिकूल असर पर्न सक्ने देखिएकाले भोली जेष्ठ १७ गतेदेखि २१ गतेसम्म ५ दिनका लागि सबै सामुदायिक र संस्थागत विद्यालय बन्दको सूचना जनकपुरधामका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जारी गरेका हुन् ।

गर्मीका कारण विद्यालयमै बालबालिका बेहोश हुने गरेको घटनाहरु सार्वजनिक भएको छ । केहि दिनदेखि तराई मधेशका जिल्लाहरुमा गर्मी ह्वात्तै बढेपछि जनजीवन नै प्रभावित बनेको छ ।

प्रकाशित : २०८१ जेष्ठ १६, बुधबार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ