सलमान खानमाथि फेरी आक्रमणको प्रयास, चार जना पक्राउ


काठमाडौं । भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खानमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

यसअघि फेब्रूअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६/१७ जनाले पनवेलमा रेके गरेको मुम्बई प्रहरीले जनाएको छ। नवी मुम्बई प्रहरीका अनुसार खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षड्यन्त्र रचिएको थियो र यस सम्बन्धमा गत हप्ता चार जनालाई पक्राउ गरिएको हो ।

गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेको प्रहरीको दाबी छ ।

बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ । सञ्चारकर्मीसँग कुरा गर्दै उपायुक्त विवेक पानसरेले भने, ‘हामीले चार जनालाई पक्राउ गरेका छौँ ।’

आरोपितहरूले लामो समयदेखि अभिनेतामाथि आक्रमण गर्ने षड्यन्त्र गरिरहेका थिए । रेकी गर्न उनी पनवेलमा पनि बसेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : २०८१ जेष्ठ १९, शनिबार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ