मधेश प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. साह नियुक्त


जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन प्रसाद साहलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले नीति आयोगको उपाध्यक्षमा डा. साहलाई नियुक्त गरेका हुन् । डा. साह जनकपुरधाम उपमहानगरपालिका १ मिल्सएरियाका स्थायी बासिन्दा हुन् ।

आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । नीति आयोगका उपाध्यक्षलाई प्रदेश सरकारको आर्थिक सल्लाहकार पनि मानिन्छ ।

प्रकाशित : २०८१ असार ६, बिहीबार १४:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ