लोसपाले अगामी वैशाखमा महाधिवेशन गर्ने तयारी थाल्यो


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ०८२ वैशाखमा महाधिवेशन गर्ने तयारी थालेको छ ।

महाधिवेशन तयारी स्वरुप सङ्गठन सुदृढीकरणको अभियानलाई लोसपाले तीव्रता दिएको हो । लोसपाले जिल्ला–जिल्लामा सदस्यता अभियान चलाइरहेको छ । यस्तै भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनहरूलाई पूर्णता दिएको छ ।

पार्टीका महासचिव मनिष मिश्रले २०८२ वैशाखमा पार्टीको महाधिवेशन गर्ने गरी तयारी चलिरहेको बताए ।

उनका अनुसार असार २ गते प्रत्येक जिल्लालाई पत्र पठाएर सदस्यता वितरण अभियान कसरी अगाडि बढेको छ त्यसको जानकारी प्रत्येक साता केन्द्रीय कार्यालयलाई जनाकारी गराउन भनिएको छ ।

सदस्यता वितरण अभियान तीन महिनाका लागि चलाएको र असार मसान्तभित्र ५ लाख सदस्यता वितरण गर्ने लक्ष्य लिएको महासचिव मिश्रले बताए ।

लोसपाका ३१ वटा भातृ तथा शुभेच्छुक सङ्गठन छन् । त्यसमध्ये लोकतान्त्रिक विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक सङ्घलाई मात्र पूर्णता दिइएको छ । अन्य सङ्गठनलाई पनि पूर्णता दिने गृहकार्य भइरहेको महासचिव मिश्रको भनाई छ ।

प्रकाशित : २०८१ असार ७, शुक्रबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ