राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा मन्त्री पक्राउ


काठमाडौं । माल्दिभ्सको राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।

‘राष्ट्रपति डा. मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,’ स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ ।

मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुन अनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ । एएफपी

प्रकाशित : २०८१ असार १३, बिहीबार १९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ