युरो कप २०२४ : स्पेनलाई चौथोपटक युरोकपको उपाधि


काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै युरो कप २०२४ को उपाधि स्पेनले उचालेको छ ।

आइतबार राति बर्लिनको अ‍ोलम्पियाड स्टेडियममा भएको फाइनलमा इङल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।

योसँगै स्पनेले चौथो पटक युरोकपको उपाधि उचालेको हो । स्पेनले सन् १९६४, २००८, २०१२ पछि यसपटक युरो कपको उपाधि हात पारेको हो ।

इङल्यान्डविरुद्ध स्पेनले दुई पटक अग्रता बनाएको थियो । खेलको ४७ औँ मिनेटमा निको विलियम्सको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । उनले लामिन यमालको पासमा बललाई पोष्टको जाली चुमाएका थिए ।

खेलको ७३ औँ मिनेटमा इङल्यान्ड खेलमा फर्किएको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कोम पालमरले गोल गर्दै इङल्यान्डलाई बराबरीमा ल्याएका थिए ।

तर खेलको ८६ औँ मिनेटमा मिकेल ओयारजाबालको गोलमा स्पेनले पुनः अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा स्पेनले उपाधि उचाल्न सफल भएको हो ।

स्पेनको जितसँगै इङल्यान्ड फेरि एकपटक उपाधि नजिक पुगेर पनि टाढिएको हो । इङ्ल्यान्ड ५८ वर्षको पिडा भुलाउने प्रयासमा पुनः असफल भयो । इङ्ल्यान्ड १९६६ पछि उपाधि विहीन छ ।

प्रकाशित : २०८१ असार ३१, सोमबार ०७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ