विमान दुर्घटना अपडेटः जाँचबुझ आयोग गठन, शोकमा भोली राष्ट्रिय झण्डा आधा झुकाइने


काठमाडौं । सरकारले बुधबार बिहान त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । मन्त्रिपरिषद बैठकले जहाज दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान उडेलगत्तै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । विमानका पाइलट घाइते छन् ।

प्रकाशित : २०८१ श्रावण ९, बुधबार १९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ