सिरहाका शिवराम यादव मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त


जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त भएका छन् ।

बिहीबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गर्न प्रदेश प्रमुख सुभित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेका हुन् ।

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले आज गर्ने तयारी छ । आजै उनको शपथग्रहण हुने प्रमुखको कार्यालयले जनाएको छ ।

गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।

प्रकाशित : २०८१ श्रावण ११, शुक्रबार ०८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ