रामदेवको पतञ्जलिलाई अदालतले गर्यो ४ करोड जरिवाना, कपुर उत्पादनमा रोक !


भारतको बम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदलाई ४ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ । मुम्बई उच्च अदालतले अगस्ट २०२३ मा दिएको आदेशको अवज्ञा गरेको ठहर गर्दै यो जरिवाना लगाएको हो ।

मुम्बई उच्च अदालतले अगस्ट २०२३ मा पतञ्जलि आयुर्वेदलाई कपुर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो । मंगलम अर्गानिक्सले गत वर्ष एक याचिका दायर गरी पतञ्जलिको कपुर उत्पादनले आफ्नो ट्रेडमार्क उल्लंघन गरिरहेको बताएको थियो ।

यस निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपुरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि पतञ्जलिले कपुर उत्पादन बिक्री जारी राखेको निवेदकले दाबी गरेका थिए ।

जुलाई २ मा पतञ्जलिका तर्फबाट अदालतमा माफी मागेको थियो र अदालतको फैसला पालना गर्ने बताएको थियो । तर पतञ्जलिले माफी मागे पनि कपुर उत्पादनको बिक्री जारी राखेको भनी अदालतले उसलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो ।

अदालतले यो जरिवाना तिर्न पतञ्जलिलाई दुई साताको समय दिएको छ । बीबीसी हिन्दी

प्रकाशित : २०८१ श्रावण १५, मंगलवार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ